पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि
निर्माण गर्ने । स्वस्थ एवं व्यावसायिक पशुपन्छी उत्पादनका लागि रोग
नियन्त्रण र नश्ल सुधार, बजार विकास तथा विस्तार, अध्ययन अनुसन्धान, तालिम
एवं क्षमता विकास सम्बन्धी कार्य गर्ने गराउने । प्रादेशिक खाद्य सुरक्षा
एवं पोषण अधिकार, खाद्य सम्प्रभुता र खाद्य गुणस्तर निर्धारण सम्बन्धी
कार्य गर्ने गराउने । भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच,
भूमिसुधार, भू-उपयोग, गुठी तथा गुठी जग्गा व्यवस्थापन, भूमिहिन सुकुम्बासी,
दलित आदि वर्गको बसोबास, जिविकोपार्जन, र पुनःस्थापना, सरकारी जग्गा
भाडामा दिने, सुरक्षीत बसोबास सम्बन्धी प्रादेशिक नीति कानुन तथा मापदण्डको
तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने गराउने । सहकारी
सम्बन्धी प्रादेशिक नीति, कानुन, योजना तथा मापदण्ड निर्माण एवं
कार्यान्वयन र नियमन गर्ने । गरिवी निवारण सम्बन्धी प्रादेशिक नीति, कानुन,
योजना तथा मापदण्ड निर्माण एवं कार्यान्वयन र नियमन गर्ने ।