लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

नेपालगंज, बाँके

परिचय

आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात ५ नम्वर प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते बाँके जिल्ला कार्य क्षेत्र कायम गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , बाँकेको स्थापना भएको हो ।



उदेश्य

सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने । पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने ।


केन्द्रको जिम्मेवारी

भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।